|

काठमाडौँ : देशका विभिन्न जिल्लाबाट भेला भई पैदक हिँडेका मिटरब्याजी पीडितहरु आज काठमाडौँ छिरेका छन्। साँझ नागढुंगा नाकाबाट काठमाडौँ छिरेका उनीहरु अहिले त्रिभुवन पार्कमा बसेका छन्। भोलि उनीहरु तीनकुने आएर प्रदर्शन गर्ने जनाइएको छ। 

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौँ आइपुगेका हुन्। 

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो। दुवै टोली चितवनमा भेट भएर काठमाडौँ आएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.