|

काठमाडौँ : ५० हजार घुस रकमसहित पक्राउ परेका वडाध्यक्षलाई तीन महिना जेल सजाय भएको छ। 

भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीबाट घुस लिने सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ का वडाध्यक्ष सबदुल मियाँलाई दोषी ठहर गर्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायधीशहरु रामबहादुर थापा र मुरारी बाबुश्रेष्ठको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। 

वडाध्यक्ष मियाँ गत असारमा पक्राउ परेका थिए। अदालतको सोही इजलासले चन्द्रागिरि नगरपालिकाकी असिस्टेन्ट सब इन्जिनियर विजयालक्ष्मी पन्तलाई १५ दिन कैद सजाय सुनाएको छ। 

सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेकी उनलाई दोषी ठहर गर्दै १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो। 

चन्द्रागिरि नगरपालिका १४ नम्वर वडामा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत पुसमा पक्राउ गरेको थियो। 

नक्कली प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएका प्रधानाध्यापकलाई विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ। 

अदालतले चितवनको कालिका नगरपालिका ५ स्थित भिमोदय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेललाई कैदसहित १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.