|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ६० प्रकारका अवैध सामानहरू र गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भई हाल पोखरा महानगरपालिका–४ बागलुङ बसपार्कमा बस्दै आएका ५६ वर्षीय सुरत बहादुर रानाभाट पक्राउ परेका हुन्।

रानाभाटले बागलुङ बसपार्कमा नै घर भाडामा लिएर स्रोत नखुलेका चुरोट, गुट्का, जुस लगायतका अवैध सामग्रीहरूको बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले रानाभाटले भाडामा लिएको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा बिल नभएको अवैध सामानहरू र ग २ च ३७२ नं को मारुती कारसहित बरामद गरेको हो। बरामद भएका सामग्रीहरूको अनुमानित मूल्य पाँच लाख २८ हजार रुपैयाँभन्दा बढी रहेको छ।

रानाभाटलाई आवश्यक कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.