|

काठमाडौँ : नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तरराष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन्।

सोमवारको एन्फा साधारणसभामा उनले यस्तो बताएका हुन्। उनले अन्तरराष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शक क्षमताको रंगशाला नेपाली फुटबलको विकासका निम्ति अत्यावश्यक भइसकेको बताएका हुन्। 

उनले काठमाडौँमा दशरथ रंगशाला र च्यासल रंगशाला भए पनि अबको फुटबल दर्शकको मागलाई तिनले मात्र धान्न नसक्ने बताए। 

उनले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तरराष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताए। उनले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताए।

‘काठमाडौँमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ। अहिलेसम्म धानिरहेको अवस्था छ। फुटबलको यस्तै लोकप्रियता बढ्दै गए अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन‚’ उनले भने, ‘एउटा अन्तरराष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शक क्षमताको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ। यसमा ढिलो गर्दा नेपाली फुटबलको विकासमा अवरोध पुग्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.