|

काठमाडौं : पोल्याण्डमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ। 

जर्जियन सहकर्मीको छुरा प्रहारबाट प्रहारबाट  उनको मृत्यु भएको एनआरएनए पोल्याण्डले जनाएको छ।  मृतक साकेला–१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन्। 

उनलाई एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको पोल्याण्ड प्रहरीले जनाएको छ। उनी एक वर्ष पोल्याण्ड गएको परिवारिक स्रोतले जनाएको छ।

उनको शव नेपाल ल्याउन पहल भएको छ। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.