|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ।  नामिबियाविरुद्धको खेलमा २ बल खेल्दै १ रन बनाएर आशिफ शेख  आउट भएका हुन्।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।

आईसिसी विश्व क्रिकेट लिग टु का ४ मध्ये १ खेलमात्र जित्दा नेपालको ब्याटिङ कुनै पनि समय खुल्न सकेन।

तर ट्वेन्टी ट्वेन्टी सिरिजमा त्यो समस्यामा केही सुधार देखिए पनि फिनिसिङमा चुकिरहेको छ।पछिल्ला ६ मध्ये ३ खेलमा ओपनर कुशल डकआउटको शिकार बन्दा अब नेपालको ओपनिङमै समस्या त आएको होइन भन्ने प्रश्न उठ्न थालेको छ।

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.