|

काठमाडौँ : नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तरराष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सम्बन्धित विषयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले समितिलाई बेवास्ता गर्ने गरेको भन्दै आलोचना गरिन्। 

उनले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तरराष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरु भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिमा भने कुनै जानकारी नभएर बेखबर नहुन मन्त्री साउदलाई सचेत गराइन्। उनले सूचनाको ग्यापले समिति र सरकारकै जवाफदेहिता कमजोर हुने बताइन्।

‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तरराष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरु सञ्चारमाध्यमबाट सुनिने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्छु‚’ उनले भनिन्, ‘मन्त्रीज्युलाई कम्तिमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ। सूचनाको ग्यापले यो सदस्यको रुपमा जवाफदेहीता कमजोर हुँदा समिति र मन्त्रीज्युकै प्रभावकारिता हुन कठिन छ।’

उनले राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.