|

मोरङ : मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्। 

सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएका थाहाखबरसँगको कुराकानीमा पुष्टि गरेका छन्।

बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित गुल्मका प्रमुख रहेका थिए।

आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जनाइएको छ। घटनाको अन्य कारण खुलेको छैन। स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.