|

बारा : हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन्। 

प्रहरीले उनीहरुको साथबाट २१ लाखसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अन्सारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अन्सारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई पाँच लाखसहित पक्राउ गरेको थियो। सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए। 

यस्तै पक्राउ परेका भारतीय नागरिकबाट १६ लाख नौ हजार बरामद गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.