|

विराटनगर : प्रहरीले पथरीशनिश्चरेमा बालिकाको हत्यामा संलग्न एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

हत्यामा संलग्न रहेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई पक्राउ  गरी आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको प्रहरीले  जानकारी दिएको छ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन्।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजे हत्या भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.