|

काठमाडौं : मैत्रीपूर्ण टी–ट्वेन्टी क्रिकेटमा हङकङले नेपालसामु २ सय १३ रनको लक्ष्य दिएको छ।

मङ ककमा टस हारेर पहिला ब्याटिङमा आएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२  रनको विशाल योगफल बनाएको हो।

१७ छक्का र १३ चौका प्रहार गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले। ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै १ सय १० रनको महत्वपूर्ण योगदान गरे।

नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एक/एक विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।

टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो।  सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिष्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.