|

काठमाडौं :  साउण्ड सिष्टम व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छिन्।

सामाजिक सन्जाल मार्फत उनले सांगितिक कार्यक्रमको शिलशिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो  स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी हुन्।

'साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन्। जो हामीलाई दर्शक श्रोताबीच पुर्याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनोगरी बुझेको छु। म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सधैं सचेत छु। यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।’ उनले लेखेकी छिन्, ‘सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकाप्रति आत्मालोचना गर्दछु। मञ्चीय प्रस्तुतीका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु।'

गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि ध्वनिको विषयलाई लिएर ध्वनिका प्राविधिकहरूसँग केही भनाभन  भएको थियो।

त्यस पछि एलिना चौहानले माफी नमागेसम्म  साउण्ड सिष्टम नदिने व्यवसायीले विज्ञप्ति मार्फत घोषणा गरेका थिए। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.