|

शिव बन्जारा,
अष्ट्रेलिया करिब २ करोड ६० लाख जनसंख्या भएको एक महादेश हो। चारैतिरबाट पानीले घेरेको यो अष्ट्रेलिया महाद्वीप, विश्वमा बहुसाँस्कृतिक र बहुआयमिक राष्ट्रको रूपमा परिचित छ। 

कुल जनसंख्या २ करोड ६० लाखमा करिब ७० लाख ७७ हजार अष्ट्रेलिया बाहिर जन्मिएर यहाँको स्थायी बसोबास अनुमति लिएको र कुल जनसंख्याको ८२ प्रतिशत आप्रबासीहरूको जनसंख्या रहेको तथ्यांकले देखाउँछ। 

जनसंख्याकै अनुपातमा हेर्ने हो भने पनि नेपालीहरूको संख्या अस्थाइ र स्थायी गरी अष्ट्रेलियाभरी करिब १ लाख ९३ लाखको हाराहारीमा छ, जुन कुल जनसंख्याको ७ दशमलव ४२ प्रतिशत हुन आउँछ। ७५ देशभन्दा बढी राष्ट्रका नागरिकहरूको बसोबास रहेको यस देशमा अंक गणितीय हिसाबमा ९औँ स्थानमा नेपाल छ।

अन्तरराष्ट्रिय विद्यार्थीहरूको सवालमा अन्तिम Data अनुसार न्यू साउथ वेल्स राज्यमा अन्तरराष्ट्रिय नेपालीहरूको संख्याले रेकर्ड ब्रेक गर्दै दोस्रो स्थानमा छ जहाँ ३८ हजार ३९५ नेपाली विद्यार्थी अध्यानरत छन्। जहाँ ७२ हजार ५९५ चिनिया विद्यार्थी अध्ययनरत हुँदा पहिलो स्थानमा चीन रहेको छ। अष्ट्रेलियाको अर्थनीति हेर्ने हो भने चौथो खम्बाको रूपमा अन्तरराष्ट्रिय विद्यार्थी र शिक्षा क्षेत्रलाई लिइएको छ। 

जुन Covid-19 भन्दा अघि ४० बिलियन आय गरेको तथ्यांक Covid सँगै २० बिलियनमा झर्दा आर्थिकमन्दीको शीघ्र परिपूर्ति गर्ने माध्यम यही अन्तरराष्ट्रिय विद्यार्थी थियो।

अहिले अध्यागमन र विद्यार्थी भिसा नीतिमा सकारात्मक र नकारात्मक मिश्रण सन्देशभन्दा बढी त्रास फैलाउने सरकारी नीतिमाथि गम्भीर प्रश्न उठेको छ। राज्यको संयन्त्र हुन्छ, नीति हुन्छ, समयानुकुल नियमन पनि हुन्छ तर राज्यको रंग र भेद (Color and Racism) भने हुँदैन। 

यो एक राजनीतिक मुद्दा पनि बन्ने प्राय निश्चित छ। हाम्रो देश आर्थिक रुपमा कमजोर होला। देशको आय कम होला, स्रोत साधनको अभाव होला तर व्यक्तिको अवस्थालाई हेर्दा गरिबी छैन। देशको अवस्थालाई मूल्याङ्कन गरी व्यक्तिको चाहना र क्षमतालाई दबाउनु विभेद हो कि होइन ? 

एक सक्षम विद्यार्थीको प्रोफाइलको अध्ययन विना समग्र देशको अवस्थालाई सतही कारण देखाई भिसा Refuse गर्दा त्यसमा पर्ने मनोवैज्ञानिक असर के होला ? 

हामी नेपाली अवसरका लागि स्वाभिमान त्याग्दैनौँ, त्यसैले पनि सरकारले सबै Applicants लाई एकै नजरले नहेरी विद्यार्थीको अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने र अन्य देशमा होस् या अष्ट्रेलियामा उच्च शिक्षासँगै सीप र ज्ञान हासिल गरी अष्ट्रेलिया र नेपाललाई उच्च योगदान प्रदान गर्ने अवसर प्रदान गर्नबाट नचुकोस्। 

यदि अन्तरराष्ट्रिय विद्यार्थीहरूलाई स्वार्थको प्यारामिटरले नाप्दा भोलि यस देशप्रतिको आकर्षण घट्न सक्छ र यसको फाइदा अन्य देशहरूले उठाउन सक्छ यसप्रति बेलैमा सोच्न जरुरी छ । 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.