|

काठमाडौँ : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच आज पाँच बुँदे सहमति भएको छ। 

साहको कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउनेसहितका ५ बुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी घटनाको विषयमा थप अध्ययन गर्ने पनि सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थाहाखबरलाई जानकारी दिए।

सहमतिपत्रमा माथि बुँदा नम्बर १ र २ बमोजिम भएको अनुसन्धानवाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुनः अभियोजन समेत गर्ने, स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु आजका मितिबाट फिर्ता लिने उल्लेख रहेको छ।

पीडित परिवारले असार १ देखि नै आन्दोलन गरिरहेका थिए। गृहमन्त्रीकै उपस्थितिमा उक्त सहमति भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.