|

काठमाडौं : काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ शुरु हुदैछ। 

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा आजदेखि ४ गतेसम्म एक्स्पो हुन लागेको हो। 

एक्स्पोको बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए। 

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नारासहित गर्न लागेको एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन्। 

विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावरको प्रतिस्पर्धा पनि गराइनेछ।

एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने तथा करिब एक करोडसम्मको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ। नेपालमा पछिल्लो समय पुष्प ब्यवसाय फस्टाउँदै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.