|

दाङ : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको गठबन्धन देश र जनताको हितमा भएको बताएका छन्। 

दाङको तुलसीपुरमा प्रेस चौतारी दाङको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकलाई अनिर्णयको बन्दी बनाउने कांग्रेससहितको अप्राकृतिक गठबन्धन ढल्नै पर्ने थियो, ढलेर उपयुक्त वातावरण भएको बताए। 

उनले पुँजीवादको वकालत गर्ने कांग्रेस र समाजवादको कुरा गर्ने कम्युनिष्ट बीच मुद्दा नमिलेकाले अप्राकृतिक गठनबन्धनको आयु छोटो भएको समेत बताए।

उनले कम्युनिष्टका नेता प्रधानमन्त्री भए पनि कांग्रेसको नियन्त्रणमा तत्कालीन पाँच दलीय सरकार भएकाले त्यसबाट देशले आर्थिक समृद्धि हासिल गर्न नसकेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.