|

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्रको सरकारी (सामुदायिक) विद्यालयमा रोकिएको वार्षिक परीक्षा आगामी सोमवारदेखि सञ्चालन हुने भएको छ।

सोमवारदेखि वार्षिक परीक्षा सञ्चालन हुने गरि शिक्षकहरूसँग सहमति भएको फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले जानकारी दिए।

उनले भने, ‘हिजो विद्यालयको प्रअसँग आजबाट परीक्षा सञ्चालन गर्ने भनेर प्रतिबद्धता जनाएका थिए तर सञ्चालन गरेको छैन रहेछ। फेरि पर्सि सोमवारबाट परीक्षा सञ्चालन गर्ने सहमति भएको छ।’

उनका अनुसार फतुवा विजयपुर नगरपालिकामा ३२ वटा विद्यालय रहेका छन्। प्रस्तावितसहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेका छन्।

ती विद्यालयमा चैत १ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका थियो तर तलब नपाएको भन्दै शिक्षकहरूले परीक्षा बहिष्कार गरेका थिए।

३२ वटा विद्यालयमध्ये पाँचवटा विद्यालयमा शिक्षक आन्दोलनका कारण वार्षिक परीक्षा रोकिएको जानकारी उनले दिए। 

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवले तलब नपाएपछि शिक्षकहरू आन्दोलित हुन बाध्य भएको बताएका छन्।

उनले नगरपालिकाले पटक पटक तलब दिने आश्वासन दिए पनि उपलब्ध भने नगराएको बताए। यता, नगरपालिकाले भने रोकिएको तलब छिटो उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। 

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.