|

काठमाडौं : प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल सर्वसम्मत भयन भएका छन्। माल्टामा भएको दोस्रो अधिवेशनले अर्याल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ​

एनआरएनए माल्टाका पूर्वअध्यक्ष रहिसकेका नवनिर्वाचित अध्यक्ष अर्यालले प्रवासी नेपाली मञ्च माल्टालाई सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। एमाले निकट मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी र उपसचिवमा शिक्षा घिमिरे र अंश बस्नेत चयन भए।

 समिति सदस्यमा जानुका नेपाल,  कृष्ण गिरी, लिलाधर पोखरेल, प्रकाश पाण्डे, सन्तोष रतन, धन बहादुर तामाङ, कमल केसी, भरत अर्याल, गोविन्द पौडेल, विष्णु पौडेल, दीर्घसिं गुरुङ, धनराज अविरल, भुपेन्द्र गिरी, कमल भुषाल, सविन पण्डित, शिरोमणि पौडेल, भुपाल न्यौपाने, निरज भुजेल, हेम मण्डल ,प्रभा राई  सर्वसम्मत चयन भए।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद् उपाध्यक्ष तथा एनआरएन, आईसीसी उपाध्यक्ष रामशरण सिंखडा, एनआरएनए युरोप सचिव भुवन अर्याल र प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीका संयोजक मुक्त गुरूङ सहभागी थिए।

प्रवासी नेपाली मञ्च माल्टाका निवर्तमान अध्यक्ष एवं एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले नव निर्वाचित कार्यसमितिले माल्टामा रहेका नेपालीको हित प्रवर्द्धनमा काम गर्ने विश्वास व्यक्त गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.