|

काठमाडौं : सुनसरीकाे धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले जनताको प्यास बुझाउने खानेपानीको पाइप जलाएपछि आक्रोस व्यक्त गरेका छन्।

उनले आफ्नो विरोधीले आफूलाई सकाउन यस्तो कार्य रचेको बताएका छन्।

उनले सामाजिक सञ्जालबाट विरोधीहरूलाई त्यसरी पाइप नजलाउन आग्रह समेत गरेका छन्।  उनले भनेका छन्,‘मेरा विरोधी हो, मलाई जलाइदेउ बरु, तर जनताको प्यास बुझाउने नाला नजलाउ,अति दु:खी छु आज।’

आगलागीका कारण जंगलका खानेपानीको पाइप जलेको छ। उनी हिजो राती पनि आगलागी नियन्त्रण गर्न उक्त जंगल पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.