|

काठमाडौँ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन्।

मंगलवार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी)का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी)बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी थिए। जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो। रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे। उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलता समाधान गर्ने गरी अघि बढ्ने बताए।

उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए। उनले शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? भन्ने बारेमा आफूले काम गर्ने बताए। उनले शिक्षालाई पहिलो रोजाइको बनाउने गरी काम गर्ने बताए।

थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल र समर्थकमा दीपा शर्मा छन्। समिति सभापतिको निर्वाचन चैत ७ गते हुँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.