|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) पनि घटेको छ। आज नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ को अंकमा कायम भएको हो।

आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह २ दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह २ दशमलव ०३ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १ दशमलव ३८ र व्यापार समूह १ दशमलव ३१ प्रतिशतले घटेको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ९ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले बढेको छ। 

सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम–२ ७ दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव ९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार ३६७ रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको ६ लाख ९९ हजार छ सय ४२ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.