|
प्रतीात्मक तस्विर

ताप्लेजुङ : ताप्लेजुङमा आगलागी हुँदा दुईवटा घर जलेका छन्।  

मंगलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुवै घरमा रहेको नगद, खाद्यान्न र लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्। 

यसैबीच जिल्लास्थित केही वनमा पनि आगो सल्केको छ। सात दिनयता ताप्लेजुङमा सातवटा घर जलेको कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.