|

काठमाडौंं : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिएका छन्।

बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वासलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिएका हुन्। 

उनले भने,‘तपाईंहरूले धेरै काम गर्नुभएको छ, राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनुपर्ने छ।’ उनले नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी रहेको पनि बताए।

‘यसलाई पूरा गराउन जनशक्ति थप गर्नुपर्ने अवस्था छ, आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनुपर्नेछ, यसका लागि  म प्रतिबद्ध छु,’उनले भने,‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ।’ 

प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ। ‘यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ,’ प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने,‘वातावरण व्यवस्थापन, जुद्ध वारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ व्यवस्थापन, तार व्यवस्थापन लगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.