|

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नु परेको बताएका छन्।

महासचिव पोखरेलले मिसन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने अडान समेत राखे। 

शनिवार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा शुरु गरिएको पनि स्पष्ट पारे।

महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिसन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे। उनले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए।

मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.