काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी र साहित्यकार प्राडा विष्णु राई सम्मानित भएका हुन्।
दिव्य शताब्दी पुरुष चिकित्सक डा गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
गीतकार खरेललाई ‘वासु शशी साहित्य सम्मान–२०८०’ ले पुरस्कृत गरिएको छ भने साहित्यकार प्रतिसरा र विष्णुलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८०’, बाट पुरस्कृत गरिएको छ।
पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ। कवि एवं नाटककार वासु शशीको ८८औँ जन्मयन्तीको अवसरमा स्रष्टा सम्मान गरिएको हो।
परिषद्का अध्यक्ष गणेश रसिकले परिषद्मार्फत साहित्य र नाट्य क्षेत्रमा सक्रिय व्यक्तित्वको सम्मान र हौसला दिँदै आएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।