काठमाडौं : काठमाडौं महानगरपालिकाले भाडामा लगाएका सामुदायिक विद्यालयहरुको सम्पत्तिको कागजपत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
महानगरले सामुदायिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने भन्दै भाडामा लगाइएका कोठा, सटरलगायतको सम्झौताका कागजातका प्रतिलिपि उपलब्ध गराउन भनेको हो।
‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णयरसम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउनू,’ महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालद्वारा बिहीबार जारी सूचनामा भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।