|

काटमाडौं : सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड आज तोडिएको छ । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइछ ।   महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।  अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.