|

विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ।

लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन्। लिम्बूले संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्ति प्रदर्शन गरेको भन्दै उनले संगठनका सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन्।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ। लिम्बूले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजबाट पनि राजीनामा दिएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.