|

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण तथा उद्योगमैत्री बनाउन सरकारसँग माग गरेका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५औँ वार्षिक साधरणसभामा बोल्दै अध्यक्ष सिंहले यस्तो माग गरेका हुन्। उनले सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण र उद्योगमैत्री हुनेगरी तत्काल संसदबाट पास गर्न आवश्यक रहेको औँल्याए। 

अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले लामो समयदेखि धेरै खालका चुनौतीको सामाना गर्दै आएको भन्दै उक्त चुनौतीको ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताए। 

अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीका समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.