|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्। शुक्रबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन्।

बैठकमा सो प्रतिवेदनउपर सांसदहरुले छलफल गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफसमेत दिएका थिए।

निर्देशन दिँदै अध्यक्ष दाहालले भने  ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.