|

काठमाडौं ; पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।

 भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी  खटाएको थियो। 

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको पुष्टि गरेको छ। बोलुआर्टेले विदेशी उत्पादनका बिलासी घडी लगाएको बारेमा चर्चा चुलिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो। 

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियानअन्तर्गत राष्ट्रपतिको निवासमा गरिएको छापा स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। 

डिसेम्बर २०२२ मा पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले कंग्रेसलाई भंग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.