|

एजेन्सी : इंडियन प्रिमियर लिगमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ। 

२०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।

ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे। यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए।

लखनऊका लागि मयंक यादवले डेब्यु खेलमामा ३ विकेट लिन सफल भए भने मोहसिन खानले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो। ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे।

यस्तै क्रुनल पण्ड्याले ४३ तथा निकोलस पुरनले ४२ रन बनाए।​ पञ्जाबका स्याम करनले ३ अर्षदिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १-१ विकेट लिए।

लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो। पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल रहेको छ।

आइपीएलमा आज दुई खेल हुँदै छन्। पौने ४ बजे  बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने  साँझ पौने आठमा  दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.