|

काठमाडौं : नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेको छ।  आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन्। नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ। आजको खेलमा नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन्।

आयरल्यान्डले रस अडेर, म्याथ्यु फोस्टर, ग्याभिन होए र मोर्गन टपिङ्गलाई विश्राम दिएको छ। टोलीमा निल रक, केड कार्माइकल, ग्यारेथ डेलनी, स्टेफन डोहनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मकलम, पिजे मुर र बेन ह्वाइट छन्।

अएकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

यसअघि सम्पन्न टी–२० सिरिजमा २–१ को हार बेहोरेको घरेलु टोली जितसहित एकदिवसीय सिरिज सुरुवात गर्ने लक्ष्यमा छ। भ्रमण टोली पनि जित निकाल्दै सुखद सुरुवातको योजनामा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.