|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन्। बुधवार काठमाडौँमा कर्पोरेट नेपालको १०औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उनले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे। उनले गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशतभन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए। 

उनले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भए पनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको उल्लेख गरे। 

उनले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभए पनि औसत आर्थिक वृद्धि हुने दावी गरे। गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको पनि बताए। 

उनले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताए। अर्थतन्त्रको वाह्य क्षेत्र सवल रहेको दावी पनि उनले गरे । 

उनले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमताको अवस्था पुगेको पनि बताए। 

उनले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताए। बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको उनले जानकारी दिए। 

सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्न चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौती सरकारसँग रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.