|

काठमाडौं  : विराट गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ४-३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बेलुकी शहीद रंगशालामा  भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिलाले जीत निकालेको हो। टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो।

साङ्ग्रिला क्लबका विशाल सुनार , आशिष चापागाईं, उमेश कार्की र  र  किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो। 

एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिएभने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुके। साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताए। उनले प्लेयर अफ द म्याच घोषित भएर  ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.