|

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए।​ शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए।

यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ।  दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ।​

शेफिल्ड युनाइटेड भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४–३ गोल अन्तरले हरायो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.