|

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका ४ स्थित उत्तरवेहडी ईलाकाबाटकरिब ५७ लाख १८ हजार बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ।

नम्बर ३४ गण कैलालीबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाका आधारमा जस्तापाताबाट बनेको एक गोदामभित्र २३ वटा बोरामा प्याक गरी अवैधरुपमा लुकाई छिपाई राखेको अवस्थामा कुर्ति सेट, टप्स, सारी र सुटलगायतका  कपडा बरामद गरेको हो।

बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको जनाइएको  छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.