|

काठमाडौं : स्थानीय तहमा अहिले १५ थरी कर्मचारी पुगेको छन्। पालिकाले विभिन्न योजना र कार्यक्रममा कर्मचारी नियुक्ति गर्दा स्थानीय तहमा कर्मचारीको प्रकार बढेको हो। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, तीन वर्षअघि १० थरी कर्मचारी रहेकामा बढेर अहिले १५ प्रकार पुगेको हो। स्थानीय तहमा १५ प्रकारका कर्मचारी गरी करिब ७० हजार कर्मचारी कार्यरत रहेको अनुमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ। स्थानीय तहमा फरक फरक क्षेत्रबाट कर्मचारी आएकाले एउटै तहका कर्मचारीमा पनि कनिष्ठ र वरिष्ठतमको द्वन्द्व हुने गरेको छ ।  

स्थानीय तहमा थरी थरीका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवाग्राहीले भोग्नुपरेको छ। थरी थरी कर्मचारीमार्फत सेवा प्रवाह हुँदा समग्रमा संघ, प्रदेश र स्थानीय तहकै नतिजा कमजोर हुनुका साथै सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको कर्मचारी नै स्वीकार गर्छन् । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय तहका अध्यक्ष सुजिन्द्र महर्जनले थरी थरी कर्मचारीबीच आपसी मतभेदले गर्दा प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको बताए। स्थानीय तहमा १५ प्रकारका कर्मचारी कार्यरत हुँदा सेवा सुविधा पनि फरक फरक हुने भएकाले व्यवस्थापन भद्रगोल र जटिल बन्दै गएको छ ।

स्थानीय तहमा साबिक स्थानीय निकायका स्थायी, अस्थायी, करार र ज्यालादारी, जिल्ला समन्वय समितिबाट स्थानीय तहमा समायोजित स्थायी, अस्थायी र करारका कर्मचारी, विभिन्न विकास समिति र प्रतिष्ठानका कर्मचारी, निजामती सेवाबाट समायोजन भई आएका कर्मचारी, २०७४ सालपछि दरबन्दीमा नियुक्त भएका करारका कर्मचारी र २०७४ सालपछि दरबन्दीबाहिरका कर्मचारी कार्यरत छन् । 

त्यस्तै स्थानीय तहकै लागि लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारी, प्रदेश लोक सेवा आयोगले पदपूर्ति गरेका कर्मचारी, स्थानीय तहका आयोजना र कार्यक्रमका कर्मचारी संघीय सरकारले स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृत गरी १५ प्रकारका कर्मचारी कार्यरत रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भनेआआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने जति थरी कर्मचारी भए पनि समस्यै नआउने तर्क गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.