|

पर्वत : जिल्लाको जलजला गाउँपालिका-२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती मृत भेटिएको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गर्ने भएको छ।

गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान सुरु गरेको भए पनि घट्नाका बारेमा स्पष्ट तथ्य फेला नपरेपछि प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको थियो।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहित घटनास्थलमा पुगेको विशेषज्ञको टोलीले अनुसन्धान गर्दा पनि घटनाका वास्तविक तथ्यहरू पत्ता नलागेपछि घटनाको अनुसन्धान सिआइबीले गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताए।

हत्या भएको हुन सक्नेगरी केही तथ्यहरू भेटिएको घटनाको वास्तविकता घटना भएको चार-पाँच दिनसम्म पनि नआएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले सिआइवीमार्फत घटनाको अनुसन्धान गर्न लागेको हो।

‘घटना भएको चार-पाँच दिनसम्म पनि यसका विवरणहरू पत्ता नलागेपछि डिएसपी साबले सिआइबीसँग सहकार्य गरेको बताउनुभएको छ’, उनले भने, ‘उहाँहरू शनिबार साँझसम्म आइपुग्ने कुरा छ। उहाँहरू आएपछि अनुसन्धानको प्रक्रिया थप अगाडि बढ्ने छ।’

एउटा शव घोप्टो अवस्थामा रहेको अर्को शव खाटमाथि पल्टिएको अवस्थामा रहेको भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान थियो। अवस्था हेर्दा हत्या नै भएको देखिएको वडाध्यक्ष प्रकाश जिसी बताउँछन्।

दुवै शवको पर्वत अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार भइसकेको छ।
पातलो बस्तीमा रहेको सूर्यबहादुरको घर वरवर छिमेकीका दुई वटा मात्रै घर रहेकाका बस्ती सुनसान नै रहने गरेको स्थानीयले बताएका छन्। मृत दम्पतीका तीन छोरामध्ये दुई जना रोजगारीको लागि दक्षिण कोरियामा छन् भने एक जनाले म्याग्दी सदरमुकाम बेनी बजारमा व्यवसाय गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.