काठमाडौँ : पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा पानीमा डुबेका युवाको आज साँझ उद्धार गरिएको छ।
फेवामा बोटिङ गर्ने क्रममा आएको हावाहुरीका कारण डुङ्गा पल्टिएर खसेका स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा बस्ने २० वर्षीय सोभित परियारको उद्धार गरिएको हो।
सशस्त्रको रेस्क्यू टावरमा तैनाथ टोलीले उनको सकुशल उद्धार गरेको हो। हावाहुरीका कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको सोही टोलीले उद्धार गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।