|

काठमाडौँ : आरोपीले कम्फर्टेबल इजलास खोज्दा पटकपटक स्थगित हुँदै आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ। 

सर्वोच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा आजदेखि सुनुवाइ सुरु भएको हो। गत आइतबारदेखि निरन्तर पेशी तोकिँदै आए पनि सुनुवाइ हुन सकेको थिएन। एक सातापछि बल्ल शुरु भएको सुनुवाइ नसकिएपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सुनुवाइ अझै दुई तीनदिन लम्बिन सक्ने सर्वोच्चका प्रवक्ता वेदप्रसाद उपे्रतीले बताए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ थान निवेदन सर्वोच्चमा छन्। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेपछि पुर्पक्षका लागि थुनामै रहेका अभियुक्तहरुले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा बेरितको निवेदन दायर गरेका थिए। 

उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा पूर्वसांसद आङटावा शेर्पा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ।

त्यस्तै सानु भण्डारी, शमशेर मियाँ, गोविन्दकुमार चौधरी र सागर राई सर्वोच्च पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.