|

  • अनिल खत्री-

गुल्मी : चुनावपछि जितेका जनप्रतिनिधिहरु अझै भोजभतेरमै अड्किएका छन्। तर, केही त्यस्ता जनप्रतिनिधि छन्, जो फजुल खर्चलाई समाजसेवामा लगाएर जनतामाझ लोकप्रिय बन्दैछन्। रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई विद्यालयको अक्षयकोषमा राख्ने निर्णय गरेका छन्।

उक्त वडा भित्रका तीनवटा प्राविलाई पाण्डेयले १५/१५ हजारका दरले सहयोग गरेका छन्। सोमबार एक कार्यक्रमबीच २०४१ सालमा स्थापना भएको नवज्योति प्रावि नेटा, २०३९ सालमा स्थापना भएको अर्जुन प्रावि कुडापानी र २०४७ सालमा स्थापना भएको सिर्जना प्रावि भुजेलखर्कलाई उनले सहयोग गरेका हुन्। सदरमुकामनजिकै रहे पनि ती विद्यालयहरु बत्तीमुनिको अँध्यारो जस्तै भइरहेका छन्।

जुन विद्यालयहरुमा गरिब र विपन्न परिवारका थुप्रै विद्यार्थीहरुले पठनपाठन गर्ने गर्दछन्। लामो समयसम्म पनि स्तरवृद्धि भइरहेको छैन्। ‘पहिलेबाटै विद्यालय र विद्यार्थीका समस्यासँग नजिक थिएँ,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधिको हिसाबले धेरै गर्नेछु।’ उनले आगामी दिनमा त्यस्ता गरिब तथा जेहेन्दार विद्यार्थी र विद्यालयहरुको उन्नति र प्रगतिका लागि सबै निकाय र सरोकारवालासँग योजनाबद्ध रुपमा लाग्ने बताए।

उनले ती विद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्ष्यकोष’ नै निर्माण गरेका छन्। कोषलाई बढाउँदै लैजाने र त्यसको ब्याजबाट विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए। कुनै सरकारी सुविधा नखाने बताएका उनले केही समय अगाडि आफूले पाएको सरकारी भत्तासमेत कृषकलाई प्रदान गरेका थिए। अक्षयकोषको चेक बुझ्दै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मूल्यभन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए।

त्यस्तै, सिर्जना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इँटा बन्ने अपेक्षा व्यक्त गरे। वडाध्यक्ष पाण्डेयसहित सबै जनप्रतिनिधिहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.