घुमघाम र शुभकामनामा बित्दै नयाँ वर्षको पहिलो दिन

|

ललितपुर : नेपालमा प्रचलित विक्रम संवत कुनै राजा महाराजाबाट नभई सूर्यको गतिबाट आएको इतिहास एवं संस्कृतिका अन्वेषकले दाबी गरेका छन्। 

भारतीय राजा विक्रमादित्यले चलाएको भनिए पनि विक्रम संवत्, विक्रमादित्य जन्मनुभन्दा पनि पहिलेदेखि नै रहेको दाबी संस्कृति अन्वेषक एवं इतिहासकार रमेश ढुङ्गेलले गरेका छन्। 

यो ग्रेगोरियनको अङ्ग्रेजी पात्रोभन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ। नयाँ वर्षको सुरूवात सामान्यतया अंग्रेजी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्ने गर्दछ। 

नेपालमा विक्रम संवतको  प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि १९५८ सालदेखि राष्ट्रिय पात्रोको रूपमा प्रयोग भएको इतिहास छ। 

तर, विभिन्न शिलालेख र इतिहासकारहरूको भनाइअनुसार विसंको प्रयोग भने लिच्छविकाल,सेन वंश र मल्लकालमा पनि गरिएको थियो। 

विक्रम संवत् अघि शाके संवत् र नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएका थिए। पछिल्लो वर्षहरुमा इस्वी संवतको पनि चलन नेपालमा बढ्दै गएको छ। 
विक्रम संवत, शाके संवत् भन्दा १३५ वर्ष जेठो, नेपाल संवत् भन्दा ९३६ वर्ष जेठो र इस्वी संवत् भन्दा ५७ वर्ष जेठो छ। 

घुमघाम र शुभकामनामा बित्दै नयाँ वर्षको पहिलो दिन 

२०८० साललाई बिदाइ गर्दै २०८१ साल शनिबारको सूर्योदयसँगै सुरु भएको छ। अघिल्ला वर्षका दु:ख भुल्दै नेपालीहरु नयाँ जोश र जाँगरसहित यो नयाँ वर्ष मनाउँदैछन्।

शुक्रबारबाट २०८० साल सकिएको छ। घुमघाम र शुभकामनामा बित्दै नयाँ वर्षको पहिलो दिन बित्दै छ। 

नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा घुम्न जाने र रमाइलो गर्ने चलन बढ्दै गएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार साँझ विभिन्न रमाइलो कार्यक्रम गरी न्यु इयर इभ पनि मनाएका छन्। 

काठमाडौंका ठमेल, दरबारमार्ग ललितपुरको, झम्सिखेल, गोदावरी, कोतडाँडा, लामाटार,  तथा भक्तपुरको दरबार स्क्वायर, नगरकोट लगायतका स्थानमा नयाँ वर्षको चहलपहल बढी छ।

पर्यटकीय नगरी पोखरा, धरान, चितवन,  इलाम लगायतमा पनि आन्तरिक पर्यटकहरू घुम्ने जाने गरेका छन्। 

नयाँ वर्षमा शुभ फल मिलोस् भन्दै नयाँ वर्षको पहिलो दिन  सत्यनारायणको पूजासहित भजन कीर्तन गर्ने परम्परा पनि छ। 

नयाँ वर्ष २०८० को उपलक्ष्यमा शनिबार शुभकामना आदानप्रदान भएको छ। प्रत्यक्ष भेटेर, टेलिफोन सम्पर्क गरेर तथा मोबाइल एसएमएस होस् या फेसबुक, ट्वीटर, ह्वाट्स्याप, भाइबर, स्काइपबाट धेरैले शुभकामना आदान प्रदान गरिएका छन्। 

नयाँ वर्षका अवसर पारेर उपत्यकाका विभिन्न रमणीय स्थलमा पुगेर धेरैले रमाइलो गरीरहेका छन्। शुक्रबार साँझ र शनिबार ठाँउ ठाँउमा विभिन्न सांगितीक कार्यक्रम भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.