|

काठमाडौं : सुदूरपश्चिम र मधेशबाहेक प्रदेशका पहाडी क्षेत्रमा शनिबार मध्याह्नपछि हुरीबतासको सम्भावना छ। काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

यी भूभागका सबैलाई सचेत रहन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.