|

गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले संचालनमा ल्याएको एकीकृत घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएका छन्।

गाउँपालिकाले वडा नम्वर ७ भुर्तुङमा संचालन गरेको  एकदिने घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए।

शिविरमा १७३ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण,२५१ जनालाई तरकारी मिनि किटवितरण तथा कृषि समूह नविकरण,२०१ पशुहरुको पशु बन्ध्याकरण तथा परजिवी नियन्त्रणसम्बन्धी औषधि वितरण, ४२ जना ८० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरुका लागि सहायता सामग्री वितरण, ७५ जना ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण,१०४ जनाको दन्त उपचार सेवा, १७३, जनालाई आयुर्वेद सेवा ,८ जना गर्भवती महिलाहरुको  भिडियो एक्सरे सेवा, ९ वटा योजनाहरुको कार्य, ३ वटा ब्यवसाय दर्ता तथा नविकरण र ५ जना  गर्भवती तथा सुत्केरी महिलाहरुसंग उपाध्यक्ष भेटघाट कार्यक्रम भएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिइन्। सुत्केरी महिलालाई भेट्न जाँदा उपाध्यक्षले भाले लिएर जाने र स्वास्थ्यसम्बन्धी जानकारी लिई सल्लाह दिने गरेको पनि दर्लामीले बताइन्।

संघीयताको मर्म अनुसार सिंहदरबारको अधिकार गाउँगाउँका जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्नका लागि पालिकाले घुम्ती शिविर संचालन गरेको दर्लामीको भनाइ छ।

घुम्ती शिविरबाट स्थानीय सरकार भएको अनुभूति जनताले पाएको र सोही अनुसारको कार्यलाई आफूहरुले प्राथमिकता दिएको दर्लामीको दाबी छ। घरदैलोबाटै सेवा पाउँदा स्थानीयहरु पनि हर्षित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.