|
सुकीलाई जेलमुक्त गर्न माग गर्दै प्रदर्शनकारी।

काठमाडौँ : म्यान्माको सरकारले नेतृ आङ सान सुकीलाई गम्भीर स्वास्थ्यका कारण देखाउँदै जेलबाट घरमै नजरबन्दमा सारिएको जनाएको छ।

यतिखेर नइपिदवको तापमान ३९ डिग्री सेल्सियससम्म पुगेको छ। त्यहाँ तातो हावा चल्न थालेको छ।

सैनिक सरकारले वैशाख १ गते मनाइने परम्परागत नयाँ वर्षको अवसरमा यो हप्ता ३ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ। सेनाका प्रवक्ता मेजर जनरल जा मिन तुनले मंगलबार राति विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई ७८ वर्षीया सुकी र पूर्वराष्ट्रपति ७२ वर्षीय विन मिन्टलाई पनि जेलबाट नजरबन्दमा सारिएको बताए। मिन्ट सुकीको सरकारको कार्यकालमा राष्ट्रपति थिए।

यस कदमको बारेमा म्यान्मामा कुनै सार्वजनिक घोषणा गरिएको छैन। प्रजातन्त्र समर्थक र उनीहरूका जातीय अल्पसंख्यक छापामारविरुद्धको लडाइँमा सेनाले पराजय भोगेका वेला सुकीलाई जेलबाट नजरबन्दमा स्थानान्तरण गरिएको हो।

सन् २०२१ मा म्यान्मामा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सुकीलाई जेलमा राखेर सत्ता हातमा लिएको थियो। यो कदमपछि सैनिक सरकारको विरोधमा देशभर प्रदर्शन भएको थियो।

सुकीले नेपिदवमा विशेष रूपमा बनाइएको जेलमा २७ वर्ष लामो सजाय भोगिरहेकी छिन्। मंगलबार दिउँसो नइपिदवको तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो। पूर्वराष्ट्रपति मिन्ट पनि ८ वर्षको जेल सजाय काटिरहेका छन्।

जेलमा सुकीको स्वास्थ्य बिग्रँदै गएको खबर पनि आएको छ। भदौमा पनि सुकी न्यून रक्तचाप, भोक नलाग्ने र चक्कर लाग्ने समस्याबाट ग्रसित भएकी थिइन्। त्यतिखेर उनलाई जेलबाट बाहिर कुनै पनि प्रकारको उपचार गर्न अस्वीकार गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.