|

जनकपुरधाम : जनकपुरधाममा एक महिला र बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगर-१६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा शव जलिरहेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार राति करिब ९ बजेको समयमा प्रहरीमा खबर आएपछि प्रहरी पुग्दा शव पूर्ण अवस्थामा जलेको थियो।

सोही ठाउँमा एक बालिकासमेत जलेको अवस्थामा फेला परेकी थिइन्।

नायव उपरीक्षक अवाले भने, ’महिलाको शव पूर्णतया अवस्थामा जलिसकेकाले चिन्ने अवस्था थिएन। महिलाको मृत्यु भइसकेको थियो। छेउमै ८/९ महिनाको बालिकासमेत जलेको तर जिउँदै अवस्थामा रहेकाले प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा केही समयपछि बालिकाको समेत मृत्यु भएको हो। 

प्रवक्ता अवाका अनुसार प्रहरीले अनुसन्धान गर्दै जाँदा महोत्तरीको मनरा सिसवा नगरपालिका-२ की प्रियंका महतो रहेको खुल्न आएको बताए।

शवलाई चिन्नका लागि प्रहरीले उनको परिवारजनलाई खबर गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ताले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.