|

काठमाडौं : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशका प्रमुख नजिर मियाँले उनलाई बिहीबार साँझ धनगढीस्थित आफ्नै कार्यालयमा मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ खुवाए। मियाँले नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

२०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेकपा एकीकृत समाजवादीबाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेश सभामा संसदीय दलका नेता छन्। 

उनी २०७० सालमा नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए। तत्कालीन नेकपा विभाजनका वेला उनी एकीकृत समाजवादीमा लागेका थिए।

अछामको मंगलसेनमा २०३४ मा जन्मिएका सोडारीले शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.