|

बैतडी : डढेलोबाट जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ भनकुडामा​ २ वटा घरमा आगलागी भएको छ।

आगलागीबाट पाँच लाख बराबरको क्षति भएको छ। भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे घर जलेको हो।

आगलागीबाट घरभित्र रहेका काठ, भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न,सोलार प्यानल लगायतका सामान गरी अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

वनमा लागेको डढेलो घरमा सल्किदा खरले छाएका दुई घरमा आगलागी भएको हो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.