काठमाडौं : गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका- ६, खैरेनीका कमलदिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रवार साँझ करिब ६ः०० बजेको समयमा युवराजदिन मियाँ बल्छीबाट माछा मार्न भनी बडिगाड खोलामा गएका थिए । बेलुकीसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा खोलाको किनारमा तैरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको उनको मृत्युको विषयमा थप अनुसन्धान थालेको छ। शवलाई पोष्ट मार्टमका लागि तम्घास अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।